२०८३ साल कार्तिक ८ गते शनिवार

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुन्न : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन् ।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले निष्कर्ष निकालेर विषयहरुलाई तोडमोड गर्नु नहुने बताए ।

उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने बताए । लामिछानेले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन’, उनले भने, ‘कसैलाई फसाउँन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ । प्रभावकारी बनाएर हामी जानुपर्छ । निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ । समितिमा बोल्नका लागि कुनैपनि सदस्यलाई समय छुट्याउनुपर्छ ।’

प्रतिक्रिया