कञ्चनरूप । सप्तरीकै दोश्रो निजी विद्यालय स्थापना गर्ने संस्थापकका रुपमा पहिचान बनाएका कञ्चनरूपका भवानी सिटौलाको निधन भएको छ ।
७७ बर्षको उमेरमा २०८१ बैशाख १२ गते असामयिक निधन भएको उनका छोरा सुमित सिटौलाले जनाएका हुन ।
तत्कालीन पूर्वाञ्चल अन्तरगत आठराई हाल कोशी प्रदेश, तेह्रथुम जिल्ला, आठराई गाउपालिका वडा नं ६ का सिटौलाले २०३८ सालमा कन्चनपुर अर्थात जिल्लामै दोश्रो निजी विद्यालय चिल्ड्रेन मोडेल स्कुल स्थापना गरेका थिए ।
सिटौलाको निधनमा कञ्चनरूप भरिमा सञ्चालित सम्पूर्ण प्याब्सन तथा एन प्याब्सन अन्तरगतका निजी विद्यालयहरू भोलि मिति २०८१ बैशाख १३ गते बिहिबारका दिन शोकमा बन्द रहने प्याब्सन र एन प्याब्सन जनाएको छ ।