२०८३ साल ब‌ैशाख ५ गते शनिवार

एमाले कोशी प्रदेश अधिवेशनको लोगो सार्वजनिक, कोशी, सगरमाथा, खुवालुङ र केचना अंकित

मोरङ  नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ ।

आगामी असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।

लोगोको पृष्ठभूमिमा सगरमाथा त्यहाँबाट बग्दै आएको कोशी नदी राखिएको छ । नदीको दायाँवायाँ खेताका फाँटहरु राखिएका छन् । नदीको बिचमा खुवालुङ्ग अंकित छ भने पाथिभरा, बराहक्षेत्र, बुढासुब्बाको संकेत गर्ने मन्दिर पनि लोगोमा समेटिएको छन्   यसैगरी लोगोको वायाँतिरको भागमा नेपालकै होचो भूमि केचनाको स्तम्भ देखिन्छ ।

अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १२ गते गर्ने कार्यक्रम रहेको एमाले कोशी प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार प्रदेश अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि प्रदेश इञ्चार्ज, प्रदेशका पदाधिकारी, प्रदेशका केन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ता तोकिएको जिम्मेवारी अनुसार काममा खटिएका छन् ।

प्रदेश अधिवेशन सम्पन्न गर्ने विभिन्न उपसमिति बनाएर कार्य विभाजन गरिएको छ ।

प्रदेश अधिवेशनका लागि १४ वटै जिल्लामा एकै दिन असोज ५ गते प्रतिनिधि छनौट हुँदै छन् ।

सबै पालिका र तहमा एकै दिन प्रतिनिधि छनोट हुने प्रचार उपसमितिका संयोजक शैलेश लामाले जानकारी दिनुभयो ।

प्रदेशभरी करिब ११ सय प्रतिनिधि हुनेछन् । अहिलेका प्रदेश कमिटी सदस्यसमेत प्रतिनिधि हुन तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया