२०८३ साल ब‌ैशाख ५ गते शनिवार

लेटाङ जेसीजको अध्यक्षमा दुर्गाप्रसाद घिमिरे

लेटाङ, १८ पुष ।  लेटाङ जेसीज वर्ष २०२४ को अध्यक्षमा युवाव्यवसायी दुर्गा प्रसाद घिमिरे निर्वाचित हुनु भएको छ । बुधबार झापाको कन्काई २ स्थित जामुनखाडी सिमसारमा सम्पन्न २१ औं अधिवेशनबाट लेटाङ ५ निवासी घिमिरे अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

यसैगरि लेटाङ जेसीजको कार्यकारी उपाध्यक्षमा इश्वरी अधिकारी (इन्केश) र संगिता श्रेष्ठ, उपाध्यक्षमा सुगम वस्ती र अमर विक तथा सचिवमा प्रज्ज्वल ढकाल सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै अध्यक्षद्वारा मनोनयन गरिने कानुनी सल्लाहकारमा छत्र कुमार निरौला (सबिन), महासचिवमा अमृत कार्की र कोषाध्यक्षमा सुदन दाहाल मनोनित हुनु भएको छ ।

निर्वाचित तथा मनोनित सदस्यहरूको पदस्थापन तथा सपथग्रहण माघ ६ गते गरिने नवनिर्वाचित अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । अध्यक्षमा निर्वाचित घिमिरे ल्यायन्स क्लव अफ लेटाङको पूर्वअध्यक्ष तथा ग्रीन पिस पार्टी प्यालेस लेटाङको सञ्चालक समेत हुनुहुन्छ ।

लेटाङ जेसीज वर्ष २०२३ का अध्यक्ष सुनिल चौधरीको कार्यकाल सकिएपछि अध्यक्ष हुनु भएका घिमिरेको कार्यकाल सन् २०२४ भरि हुनेछ । नेपाल जेसीजको विधान अनुशार हरेक वर्ष नयाँ व्यक्तिले नेतृत्व गर्नुपर्ने हुन्छ । 


प्रतिक्रिया